"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चौतर्फी विरोधका कारण गण्डकी सरकार विवादमा

प्रकाशित मिति :  10 July, 2022 11:45 am


काठमाडौं । गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि बजेट छुट्याइएको बारेमा सामाजिक सञ्जालमा विरोधको ओहिरो लागेको थियो । मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।

यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नामबाट उनको गृह जिल्ला तनहुँमा स्थापना गरिएको गोबद्र्धन शर्मा स्मृति कोषलाई ५० लाख बजेट छुट्याइएको छ । बजेटमा मुख्यमन्त्री र मन्त्रीका बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटमा गठबन्धन दलहरुबाटै असन्तुष्टि छ । बजेट पारित गर्ने उद्देश्यले आगामी २८ गते प्रदेश सभाको बैठक बोलाइएको छ ।

चौतर्फी विरोधका कारण बजेट हटाइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले आज सामाजिक सन्जालमा स्टाटस राख्दै ट्रष्टको बजेट आगामी वर्षको बजेटबाट हटाइदिन आग्रह गरेका हुन् । ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्री ज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’

यो फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने उनको चाहना छ ।

गृहजिल्ला स्याङ्जाका ज्येष्ठ नागरिक, विद्यार्थी, असहाय र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यका साथ १२ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर श्रेष्ठले ट्रष्ट स्थापना गरेका थिए । उनले ट्रष्टका लागि बजेट विनियोजन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले