"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको दावी- “नेपाल श्रीलंकासम्म पुग्ने नै लक्षण देखियो”

प्रकाशित मिति :  11 July, 2022 6:03 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने बताएका हुन् ।

‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’

त्यसैले अहिले नै सतर्क हुनुपर्ने उनको भनाइ छ ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताए । ‘हतियार खरिद न रक्षामन्त्री र अर्थमन्त्रीले नै गर्न सक्छ, न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले नै गर्न सक्छ’ उनले भने, ‘अर्थमन्त्री एउटैको पनि चल्दैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको