"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको दावी- “नेपाल श्रीलंकासम्म पुग्ने नै लक्षण देखियो”

प्रकाशित मिति :  11 July, 2022 6:03 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलंकाको जस्तो संकटग्रस्त हुन सक्ने देखिएको बताएका छन् ।

सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले श्रीलंकाकै स्थितिमा पुर्‍याउने बताएका हुन् ।

‘अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागबाट गरिएको समर्थनले यो विषय त्यति सहज छैन भन्ने देखाउँछ’ उनले भने, ‘त्यसको प्रभाव कम्तीमा हामी श्रीलंकासम्म पुग्ने नै लक्षण देखिन्छ । त्यस भन्दा अगाडि बढ्न पनि सक्छ । यो अधोगतिमा ब्रेक लगाइन भने त्यो भन्दा उधो खस्न सक्छ ।’

त्यसैले अहिले नै सतर्क हुनुपर्ने उनको भनाइ छ ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र हतियार खरिदका विषय अर्थमन्त्रीको तहबाट मात्र नभएको ओलीले बताए । ‘हतियार खरिद न रक्षामन्त्री र अर्थमन्त्रीले नै गर्न सक्छ, न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले नै गर्न सक्छ’ उनले भने, ‘अर्थमन्त्री एउटैको पनि चल्दैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने