"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीको बजेट प्रदेश सभाबाट पारित

प्रकाशित मिति :  12 July, 2022 8:54 am


सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।  

बजेटमाथि उठेका जवाफको मुख्यमन्त्री तथा मन्त्रीहरुले जवाफ दिइसके पछि मुख्यमन्त्री जीवन बहादुर शाहीले बजेट पारित गरियोस् भनेर प्रस्ताव राख्नु भएको थियो । सभामुख राजबहादुर शाहीले बजेट पारितका लागि निर्णाथ प्रस्तुत गर्नुभएको प्रस्ताव माथि सत्ता पक्षले प्रदेश सभा सदस्यहरुले हुन्छ भनेका थिए भने प्रमुख प्रतिपक्षले हुन्न भनेका थिए ।   

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपियाँ र  स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार रुपियाँ बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षमा अधुरा तथा क्रमागत योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विनियोजन विधेकय तथा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकारले हिजोका दिनमा सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिँदै अघि बढेको र प्रदेश सभा सदस्यहरुले दिएका सुझावलाई लिएर अघि बढ्ने बताउनुभयो । उहाँले कमिकजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रदेश सरकारले राजश्व वृद्धिका गर्न लागि पर्ने उल्लेख गनुभयो । उहाँले भन्नुभयो, ‘राजश्व कसरी वृद्धि गर्न सकिन्छ । कुन क्षेत्रबाट कसरी ल्याउन सकिन्छ । सरकार सुझाव अनुसार लाग्छ । राजश्व वृद्धि गर्न सरकार लागि पर्नेछ ।’ 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले