"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीको बजेट प्रदेश सभाबाट पारित

प्रकाशित मिति :  12 July, 2022 8:54 am


सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।  

बजेटमाथि उठेका जवाफको मुख्यमन्त्री तथा मन्त्रीहरुले जवाफ दिइसके पछि मुख्यमन्त्री जीवन बहादुर शाहीले बजेट पारित गरियोस् भनेर प्रस्ताव राख्नु भएको थियो । सभामुख राजबहादुर शाहीले बजेट पारितका लागि निर्णाथ प्रस्तुत गर्नुभएको प्रस्ताव माथि सत्ता पक्षले प्रदेश सभा सदस्यहरुले हुन्छ भनेका थिए भने प्रमुख प्रतिपक्षले हुन्न भनेका थिए ।   

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपियाँ र  स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार रुपियाँ बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षमा अधुरा तथा क्रमागत योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

विनियोजन विधेकय तथा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकारले हिजोका दिनमा सरकारले गरेका राम्रा कामहरुलाई निरन्तरता दिँदै अघि बढेको र प्रदेश सभा सदस्यहरुले दिएका सुझावलाई लिएर अघि बढ्ने बताउनुभयो । उहाँले कमिकजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रदेश सरकारले राजश्व वृद्धिका गर्न लागि पर्ने उल्लेख गनुभयो । उहाँले भन्नुभयो, ‘राजश्व कसरी वृद्धि गर्न सकिन्छ । कुन क्षेत्रबाट कसरी ल्याउन सकिन्छ । सरकार सुझाव अनुसार लाग्छ । राजश्व वृद्धि गर्न सरकार लागि पर्नेछ ।’ 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर