"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्चका कारण २ वर्षदेखि लोक सेवाको पदपूर्ति नै अवरुद्ध

प्रकाशित मिति :  13 July, 2022 3:24 pm


काठमाडौं । तत्काल अन्तरिम आदेश जारी गरेर परीक्षा प्रक्रिया नै रोक्ने तर समयमा न्याय निरुपण हुन नसक्दा लोक सेवा आयोगको पदपूर्ति प्रक्रिया नै अवरुद्ध भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वर्षदेखि लोकसेवा आयोगले शाखा अधिकृतहरुको पदपूर्ति गर्न पाएको छैन ।

२०७७ साल पुसमा हुनुपर्ने शाखा अधिकृत तहको परीक्षा दुई वर्षदेखि अवरुद्ध छ । सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्दाका क्रममा परीक्षा नै रोक्नु भनी अन्तरिम आदेश दिएको थियो ।

परीक्षा रोक्नुपर्ने भनी अन्तरिम आदेश जारी भएको मुद्दाको तत्काल न्याय निरुपण हुन नसक्दा पदपूर्ति नै अवरुद्ध बनेको हो ।

लोक सेवा आयोग ऐनमा सरकारले माग गरेका पदका लागि प्रक्रिया अघि बढिसकेको भए परीक्षा रोक्न र रद्द गर्न नमिल्ने कानुनी व्यवस्था छ । लोक सेवा आयोगले समेत अन्तरिम आदेश खारेजको माग लिएर सर्वोच्चमा निवेदन दिएन । आयोगस्रोतले भन्यो, ‘पदाधिकारीहरूको बेवास्ताका कारण परीक्षा तालिका नै अस्तव्यस्त बनेको छ ।’

२०७७ सालमा करिब १० हजार विद्यार्थीले प्रारम्भिक परीक्षा पास गरेका छन् । अदालतको आदेशका कारण उनीहरूले अन्तिम प्रतिस्पर्धा गर्न पाएका छैनन् ।

पूर्ण इजलासले एकपटक टुंग्याइसकेको विषयमा अर्को पूर्ण इजलासले फरक मत राखेपछि मुद्दा पाँच सदस्यीय वृहत पूर्ण इजलासमा पठाइएको थियो । बृहत पूर्ण इजलासले करिब एक सय मुद्दालाई संवैधानिक इजलासमा पठाएको हो । संवैधानिक इजलासले आज(बुधबार) ती मुद्दाको सुनुवाई गर्नेछ ।

सर्वोच्चकै आदेशका कारण २०७७ सालको शाखा अधिकृतको परीक्षा पनि अवरुद्ध भएको छ । थारु समुदायलाई आरक्षण कोटाको मागसहित दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले परीक्षा रोक्नु भनी अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेश भएको त्यो मुद्दाको सुनुवाई हुन नसक्दा करिब ६ महिनादेखि परीक्षा अवरुद्ध भएको छ । आयोगस्रोतले भन्यो, ‘दुई वर्षदेखि लोकसेवा आयोगले नयाँ शाखा अधिकृतको पदपूर्ति नै गर्न सकेको छैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट