"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मल्लरानी र सरुमारानी गाउँपालिकामा बेरुजु शून्य

प्रकाशित मिति :  २९ असार २०७९, बुधबार २२:३५


प्युठान । प्युठानका दुई पालिकाको बेरुजु शून्य देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालिकाको बेरुजु शून्य प्रतिशतमा झरेको पाइएको हो ।

मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा बेरुजु रकम नभएको प्रतिवेदनमा उल्लेख छ । प्युठानमा सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २.४६ प्रतिशत, ऐरावती गाउँपालिकामा २.१८, माण्डवी गाउँपालिका ०.२०, गौमुखी गाउँपालिकामा ०.१४, झिमरुक गाउँपालिकामा ०.१३, प्युठान नगरपालिकामा ०.०८ र नौबहिनी गाउँपालिकामा ०.०३ प्रतिशत बेरूजु रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

‘विधिसम्वत् कार्यसम्पादन गर्दा बेरुजु शून्य’
गाउँकार्यपालिकाको कार्यालयबाट गर्ने कार्यसम्पादनहरू विधिवत ढंगले गर्दा बेरुजु शून्य भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले अनुभव सुनाए । सार्वजनिक खरिद ऐन, नियमावली तथा कार्यविधिहरूको सही कार्यान्वयन गर्ने प्रयास गर्दा बेरुजु शून्य भएको परिणाम आएको थापाको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

स्याङ्जा – गल्याङ नगरको शैक्षिक उन्नयन र बिकासका लागि सरोकारवालाहरुको बिचमा ‘शैक्षिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । गल्याङ नगरपालिका