"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मल्लरानी र सरुमारानी गाउँपालिकामा बेरुजु शून्य

प्रकाशित मिति :  13 July, 2022 10:35 pm


प्युठान । प्युठानका दुई पालिकाको बेरुजु शून्य देखिएको छ । महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा प्युठानका दुई पालिकाको बेरुजु शून्य प्रतिशतमा झरेको पाइएको हो ।

मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकामा बेरुजु रकम नभएको प्रतिवेदनमा उल्लेख छ । प्युठानमा सबैभन्दा बढी स्वर्गद्वारी नगरपालिकामा २.४६ प्रतिशत, ऐरावती गाउँपालिकामा २.१८, माण्डवी गाउँपालिका ०.२०, गौमुखी गाउँपालिकामा ०.१४, झिमरुक गाउँपालिकामा ०.१३, प्युठान नगरपालिकामा ०.०८ र नौबहिनी गाउँपालिकामा ०.०३ प्रतिशत बेरूजु रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ । 

‘विधिसम्वत् कार्यसम्पादन गर्दा बेरुजु शून्य’
गाउँकार्यपालिकाको कार्यालयबाट गर्ने कार्यसम्पादनहरू विधिवत ढंगले गर्दा बेरुजु शून्य भएको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले अनुभव सुनाए । सार्वजनिक खरिद ऐन, नियमावली तथा कार्यविधिहरूको सही कार्यान्वयन गर्ने प्रयास गर्दा बेरुजु शून्य भएको परिणाम आएको थापाको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  राजेश

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त