"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासनको निर्णय : सवारी साधनमा हट्यो जोर बिजोर, फागुन १ देखि स्कुल सञ्चालनमा

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार २२:१६


काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ ।

तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । सबै परीक्षाहरु जेड आकारमा फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ ।यस्तै कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यको पूर्ण रुपमा पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा खोपकार्ड (मोबाइलमा भए पनि हुने) राख्‍नु पर्नेछ ।

यस्तै विदेशबाट नेपाल आउँदा वा कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुले नेगेटिभ रिपोर्ट भएतापनि कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्‍नु पर्ने काठमाडौं प्रशासनले जनाएको छ ।

यस्तै सरकारी कार्यालय र व्‍यवसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ भने मास्क नलगाइ आएमा व्‍यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ । साथै मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै सार्वजनिक तथा निजी सेवा प्रदायकलाई सम्भव भएसम्‍म विद्युतीय प्रणालीमार्फत सेवा दिन सूचनामा उल्लेख गरिएको छ भने उक्त आदेश पालना अवज्ञा गर्ने वा बाधा पुर्‍याउने व्‍यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुने प्रशासनले जनाएको छ ।

त्यसैगरी सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० जनाभन्दा बढी भेला नहुने भनिएको छ भने पार्टी प्‍यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाईमा बनढ्‍ने गरी पूर्ण खोप लगाएका २० जना मात्र उपस्थित गराउनसमेत प्रशासनले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन