"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छानबिन समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज हेर्दै

प्रकाशित मिति :  16 July, 2022 2:57 pm


काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरु गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो ।

‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौं । हामी अहिले अर्थ मन्त्रालयदेखिको मूल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौं’ समितिका सचिव अर्यालले भने ।

शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।

अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग शनिबार नै छलफल गर्ने कार्यतालिका रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको