"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारबाट भुक्तानी नपाएपछि अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

प्रकाशित मिति :  18 July, 2022 11:31 am


विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।

साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर राजेश नेपालले सरकारको नीतिका कारण कार्यक्रम स्थगित गरेको बताए । ‘२०७९–८० को बजेट वक्तव्य मार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी र सामुदायीक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने पारित गरिएको छ,’ नोबेलले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसपछि स्वास्थ्य बिमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकाले अन्योलको परिस्थितिमा यस संस्थाले अर्काे सूचना नभएसम्मका लागि स्वास्थ्य बिमा अन्तरगतको विरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, बहिरङ्ग (ओपीडी) र अन्तरङ्ग सेवाहरु श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको छ ।’

सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी