"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे

प्रकाशित मिति :  20 July, 2022 2:35 pm


एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तरले  पराजित गरेको बिबिसीले जनाएको छ । 

श्रीलंकाको राजनीतिमा  ४५ वर्षदेखि रहेका विक्रमसिंघे  ६ पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।  देश आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ जनताले पूर्वराष्ट्रपति राष्ट्रपति गोटाबाया राजापाक्षे र स्वयं उनीविरुद्ध नै देशभर प्रदर्शन गरेका थिए । श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे गत हप्ता देश छोडेर भागेका थिए । विक्रमसिंघे श्रीलंकाली जनताको नजरमा अलोकप्रिय मानिएका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन