"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे

प्रकाशित मिति :  20 July, 2022 2:35 pm


एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तरले  पराजित गरेको बिबिसीले जनाएको छ । 

श्रीलंकाको राजनीतिमा  ४५ वर्षदेखि रहेका विक्रमसिंघे  ६ पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।  देश आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ जनताले पूर्वराष्ट्रपति राष्ट्रपति गोटाबाया राजापाक्षे र स्वयं उनीविरुद्ध नै देशभर प्रदर्शन गरेका थिए । श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे गत हप्ता देश छोडेर भागेका थिए । विक्रमसिंघे श्रीलंकाली जनताको नजरमा अलोकप्रिय मानिएका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा