"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विरुवा गाउँपालिकामा रोजगारीको अवसर खुल्यो

प्रकाशित मिति :  21 July, 2022 3:45 pm


स्याङ्जा । विरुवा गाउँपालिकामा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि विभिन्न तहहरुमा रोजगारीको अवसर खुलेका छन् । कार्यापालिकाको निर्णय अनुसार विभिन्न सेवाहरुमा थप परिष्कृत गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रभाह र रोजगारी सिर्जना गर्नका लागि यी पदहरुमा रोजगारी आह्वान गरिएको हो ।

नेपाल सरकारद्वारा सञ्चालित श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) अन्तर्गत विरुवा गाउँपालिकाको रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार संयोजक र रोजगार सहायक पद करारमा दरखास्त आह्वाहन गरिएको छ ।

विज्ञापन अनुसारको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिमका बिवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनु हुन पालिकाले अनुरोध गरेको छ ।

त्यस्तै, विरुवा गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा रिक्त पद करारमा पदपूर्तिका लागि पनि दरखास्त आह्वाहन गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनु पालिकाले अनुरोध गरेको छ ।

थप जानकारीका लागि विरुवा गाउँपालिकाको वेवसाईटमा गएर यो लिंकबाट हेर्न पनि सक्नुहुन्छ ।

https://biruwamun.gov.np/



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले