"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डको प्रस्ताव बाबुरामलाई : एउटै पार्टी “समाजवादी केन्द्र” बनाऔँ

प्रकाशित मिति :  21 July, 2022 4:24 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईसँग समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका छन्। 

बिहीबार बिहान दुई नेताबीचको ललितपुरमा भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन्।

जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि भट्टराई र प्रचण्डको भेट बाक्लिएको छ। यसअघि गत सोमबार भएको भेटमा भट्टराईले माओवादीमा आफू नफर्किने स्पष्ट रूपमा बताएका थिए। 

भट्टराईले आफ्नो अडान कायमै राखेपछि प्रचण्डले समाजवादी केन्द्रमार्फत अघि बढ्ने प्रस्ताव राखेका हुन्। ‘आज बिहान अध्यक्ष र बाबुरामबीच छलफल थियो। अध्यक्षले नयाँ केही प्रस्ताव राख्नुभएको हुनसक्छ। उहाँको प्रस्तावबारे पार्टीमा समेत छलफल हुने कुराछ,’ नेता हरिबोल गजुरेलले सेतोपाटीसँग भने।

नेता भट्टराईको सचिवालयले पनि समाजवादी केन्द्रको प्रस्तावमा छलफल भइरहेको बताएको छ। प्रचण्डले समाजवादी केन्द्रको अघि नेकपा राख्नुपर्ने अडान राखिरहेका छन् याता भट्टराई भने नेकपा राख्न तयार नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्षले समाजवादी केन्द्र अगाडि नेकपा राखौं भन्ने प्रस्ताव राख्नुभएको छ। बाबुराम भट्टराई त्यसमा सहमत देखिनुभएको छैन,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने।

चुनावअघिनै समाजवादी केन्द्र निर्माण गरेर अघि बढ्ने रणनीतिमा प्रचण्ड लागेका छन्। गत सोमबार नेकपाकालीन सचिवालयका पाँच सदस्यको बैठकले पनि वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। यसका निम्ति संयोजन समितिनै गठन गरेर गृहकार्य सुरू भइसकेको छ।

त्यस समितिले एकताका सिद्धान्त आधार र एजेण्डा तयार गर्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने