"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

प्रकाशित मिति :  25 July, 2022 12:29 pm


काठमाडौँ । प्रतिनिधिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि रोकिएको थियो ।

कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसदमात्रै उपस्थित थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए । गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए ।

सांसद फर्किएपछि प्रतिनिधिसिभाबाट कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । अहिले प्रतिनिधिसिभाामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी