"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

प्रकाशित मिति :  25 July, 2022 12:29 pm


काठमाडौँ । प्रतिनिधिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या अर्थात् ६९ सांसद पनि उपस्थित नहुँदा बैठक १५ मिनेटका लागि रोकिएको थियो ।

कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा ६९ सांसद उपस्थित हुनैपर्ने संवैधानिक व्यवस्था रहेकोमा यसअघि ६७ सांसदमात्रै उपस्थित थिए । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गर्दा ४ सांसद थपिएर ७१ सांसद पुगेका थिए । गणपूरक संख्या उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाएका थिए ।

सांसद फर्किएपछि प्रतिनिधिसिभाबाट कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । अहिले प्रतिनिधिसिभाामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्