"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेट प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्दै

प्रकाशित मिति :  26 July, 2022 12:26 pm


काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए । फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले आफूले भन्न नमिल्ने अर्यालले बताए ।

आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । सो दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो ।

बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री पदबाट जनार्दन शर्माले राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको