"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिंहदरबारका १६८ जना कर्मचारी छट्केमा

प्रकाशित मिति :  ११ श्रावण २०७९, बुधबार १८:५५


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् । 

केन्द्रले दिएको बुधबार दिएको जानकारी अनुसार, सिंहदरबार परिसरमा रहेका विभिन्न मन्त्रालय, आयोग, कार्यालयको अनुगमन गर्दा विभिन्न पदका १२० जना कर्मचारीह अनुगमनको समयमा विना सूचना अनुपस्थित रहेको  पाइएको छ । 

त्यसैगरी, १९ जना कर्मचारीहरु अनुगमन गरिएको दिनभन्दा अगाडि विना कुनै सूचना अनुपस्थित रहेका तथा २८ जना कर्मचारीहरुले नेपाल सरकारले तोकेको पोशाक नलगाएको पाइएको छ । 

यसरी विना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी पनि केन्द्रले दिएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ – नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा भएको छ। आइतबार साँझ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५८७

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार

काठमाडौँ- नेपाल प्रहरीका चार जना एआईजीको सरुवा भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र