"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिंहदरबारका १६८ जना कर्मचारी छट्केमा

प्रकाशित मिति :  27 July, 2022 6:55 pm


काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आकस्मिकरुपमा विभिन्न निकायमा गरेको अनुगमनमा १६८ जना कर्मचारी छट्केमा परेका छन् । 

केन्द्रले दिएको बुधबार दिएको जानकारी अनुसार, सिंहदरबार परिसरमा रहेका विभिन्न मन्त्रालय, आयोग, कार्यालयको अनुगमन गर्दा विभिन्न पदका १२० जना कर्मचारीह अनुगमनको समयमा विना सूचना अनुपस्थित रहेको  पाइएको छ । 

त्यसैगरी, १९ जना कर्मचारीहरु अनुगमन गरिएको दिनभन्दा अगाडि विना कुनै सूचना अनुपस्थित रहेका तथा २८ जना कर्मचारीहरुले नेपाल सरकारले तोकेको पोशाक नलगाएको पाइएको छ । 

यसरी विना कुनै सूचना कार्यालयमा अनुपस्थित रहने र तोकिएको पोशाक नलगाउने कर्मचारीहरुलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी पनि केन्द्रले दिएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट