"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डिप्लोमा तहका लागि सीटीईभीटी माग्यो छात्रवृत्ति आवेदन (आवेदन सहित)

प्रकाशित मिति :  28 July, 2022 12:20 pm


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ ।

डिप्लोमा तथा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७९/२०८० मा ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्नासम्बन्धी निर्देशिका २०७९’ बमोजिम आवेदन माग गरेको हो ।

परिषद्बाट सञ्चालन सम्बन्धी स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि प्रमाणपत्र तह नर्सिङ बाहेक सूचना अनुरुप योग्यता पुगेका विद्यार्थीले आवेदन दिन सक्ने आज (बिहीबार) प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्लाहरू छनोट गरी अनलाइन आवेदन फारम भर्नसक्ने सूचनामा उल्लेख गरिएको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकाले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि चार सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०