"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीको मन्त्रिपरिषद् हेरफेर

प्रकाशित मिति :  10 August, 2022 1:05 pm


सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ । उक्त मन्त्रालयमा माओवादी केन्द्रबाट गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) हुनुहुन्थ्यो । उहाँको ६ महिनाको अवधि सकिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आफै राख्नु भएको हो । 

प्रदेश प्रमुख तिलक परिवारले मुख्यमन्त्री शाहीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गर्नु भएको प्रदेश प्रमुख कार्यालय निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । उक्त मन्त्रालय माओवादी केन्द्रका भागमा परेकोले मन्त्रीको नाम टुंगो लगाएर पठाउने विषयमा छलफल भइरहेको जनाएको छ ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले