"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालय : गाँजा खेती र प्रयोगबारे मापदण्ड बनाउँदै

प्रकाशित मिति :  7 February, 2022 5:03 pm


काठमाडौं । गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’

गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।

कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालले बताए । उनले भने– ‘संयुक्त राष्ट्रसंघको गाँजा खुल्ला गर्ने नीतिमा हामीले हस्ताक्षर गरेका छौं, रिसर्चहरुले पनि गाँजाको औषधीय मूल्य देखाएको छ ।’

विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । उनले भने–‘औषधि व्यवस्था विभाग र वनस्पति विभागबाट व्यवस्थित खेतीका लागि अनुरोध आएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय