"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालय : गाँजा खेती र प्रयोगबारे मापदण्ड बनाउँदै

प्रकाशित मिति :  7 February, 2022 5:03 pm


काठमाडौं । गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’

गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।

कार्ययोजना अनुसार ६ महिनापछि गाँजाको औषधीय प्रयोगका लागि अनुसन्धान एवं औषधीजन्य उत्पादनको आधारशिला तयार हुने मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुषालले बताए । उनले भने– ‘संयुक्त राष्ट्रसंघको गाँजा खुल्ला गर्ने नीतिमा हामीले हस्ताक्षर गरेका छौं, रिसर्चहरुले पनि गाँजाको औषधीय मूल्य देखाएको छ ।’

विश्वका ७ मुलुकमा गाँजालाई नियन्त्रित रुपमा खेती गर्न अनुमति दिइएको छ । औषधिजन्य प्रयोगका लागि गाँजा खेतीका लागि अनुमति दिन गृहले ‘अवधारणापत्र’ मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । लागु औषध नियन्त्रण ऐन–२०६३ ले पनि नियन्त्रित रुपमा गाँजाको खेती र प्रयोग गर्न नरोकेको सहसचिव भुसालले बताए । उनले भने–‘औषधि व्यवस्था विभाग र वनस्पति विभागबाट व्यवस्थित खेतीका लागि अनुरोध आएको छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक