"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति :  16 August, 2022 12:48 pm


काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो ।
भेटकाक्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।


“कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छुु” – उहाँले भन्नुभयो ।

केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताउनुभयो । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भन्नु भयो ( कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।


कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताउनु भयो। अर्थ मंत्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुशार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताउनु भयो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय