"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२४ सहसचिवको सरुवा, को कहाँ रु (सूचीसहित)

प्रकाशित मिति :  23 August, 2022 12:16 pm


काठमाडौँ । अर्थ मन्त्रालयले मातहतका १० जना सहसचिवको जिम्मेवारी फेरबदल गरेको छ । प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त विवरण अनुसार एयरपोर्ट भन्सार प्रमुख महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ भने वीरगन्ज भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई एयरपोर्ट भन्सारको प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख शम्भु मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गर्दै महालेखा कार्यालयका नवराज ढुङ्गाना वीरगन्ज भन्सार कार्यालयको प्रमुखमा खटाइएको छ । भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेको अर्थ मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका ढुण्डी निरौलालाई मध्यमस्तरीय करदाताको प्रमुख, ठुला करदाता कार्यालयका शिवलाल तिवारीलाई तालिम केन्द्र र मन्त्रालयका राजेश्वर ज्ञवालीलाई ठुला करदाताको प्रमुखमा पठाइएको छ ।

यस्तै तालिम केन्द्रका प्रमुख सुमन दाहाललाई अर्थ मन्त्रालयको वित्तीय सङ्घीयता महाशाखा, वित्तीय सङ्घीयता महाशाखा प्रमुख बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखामा सारिएको छ ।

सरुवाका लागि अवधि पुगिसकेका सहसचिवहरूलाई आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट