"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महाअभियोग समितिले मगायो चोलेन्द्रशमशेर विरूद्धका प्रमाण

प्रकाशित मिति :  26 August, 2022 12:45 pm


काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपबारे तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरेको छ।

राणाविरूद्धको महाअभियोगमा २१ आरोप लगाइएको छ। समितिले शुक्रबार गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ समितिको सुचनामा भनिएको छ।

सिफारिस समितिले राणालाई बयानका लागि भदौ १५ मा बोलाएको छ।

nic



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी