"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा खुला छलफल गर्न कानुनमन्त्रीको आह्वान

प्रकाशित मिति :  29 August, 2022 4:24 pm


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केके राख्ने भन्ने विषयमा छलफल गर्न सरकार खुला रहेको बताएका छन् । तर दुबै सदनबाट यो अधिवेशनबाटै विधेयक पास गर्नुपर्नेमा जोड दिएका छन् ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बन्दीले विधेयक संसदको सम्पत्ति भएको बताए । सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानुनभन्दा विपरीत प्रस्ताव नआएको भन्दै उनले भने, ‘केके राख्ने छलफल गरौं ।’

एमाले सांसदहरुले फास्ट ट्र्याकबाट पास गर्न नहुने बताएका थिए । मन्त्री बन्दीले भने समितिमा लैजान त्यही अड्किएको विगत सम्झिए । यद्यपि आफ्नो धारणा समितिमा लैजानै नहुने नभएको भन्दै उनले प्रक्रियाबारे छलफल गर्न सकिने बताए ।

उनले अघि भने, ‘तर अलिकति तयारी गर्नैपर्छ । यो अधिवेशनभित्र पास गर्न सकिएन भने न्यायको पर्खाईमा बसेको समुदायलाई इन्कार गरेको हुनेछ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको