"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि

प्रकाशित मिति :  2 September, 2022 11:00 am


काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बिहीबार रातीबाट लागू हुने गरी  डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक बर्षको घाटालाई देखाएर नेपाली बजारमा मुल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मुल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मुल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम संचालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैंको मुखमा डिजेलको मुल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने निश्चित भएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई अझै पाक्षिक रुपमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक