"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि

प्रकाशित मिति :  2 September, 2022 11:00 am


काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बिहीबार रातीबाट लागू हुने गरी  डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक बर्षको घाटालाई देखाएर नेपाली बजारमा मुल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मुल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मुल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम संचालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैंको मुखमा डिजेलको मुल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने निश्चित भएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई अझै पाक्षिक रुपमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार