"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गोरखा १ ख बाट प्रत्यक्ष तर्फ युवा नेतृ प्रमिला खड्का सिफारिस

प्रकाशित मिति :  3 September, 2022 8:04 pm


काठमाडौं । आज बसेको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गोरखा १ ख बाट प्रत्यक्ष युवा नेतृ प्रमिला खड़का को उम्मेदवारको नाम सिफारिस गरेको छ ।

खड्का सानै देखि निडर र प्रष्ट वक्ता पनि थिइन् । उनले सिद्ध देवी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दा देखि विद्यार्थी राजनिती सुरु गरेकी हुन् । २०६७/६८ साल देखि विद्यार्थी राजनीतिमा होमिएकी खड्काले विभिन्न राजनीनिक संघषका यात्राहरु पार गर्दै आएकी छिन् । अहिले उनी एमाले गोरखाको जिल्ला कमिटी सदस्य छिन् ।

युवा नेतृ खड्काले “आलोचनात्मक चेत भएका एवं सृजनशील युवा पुस्ता राजनीतिमा खासै सक्रिय रूपमा नेपालको राजनीतिको बागडोर नसमालेको र अब पनि युवाहरुले प्रचण्ड, देउवा, माधव, ओली, उपेन्द्र र बावुरामलाई गाली गरेर मात्र देश विकास नहुने उनको स्पष्ट धारणा थियो ।” र, उनले आफू स्पष्ट दृष्टिकोणका साथ नेतृत्व स्थापित गर्न डटेर लाग्ने पनि बताइन् । उनले युवाहरु लाई लक्ष्यित गर्दै “देश विकासमा युवालाई लगाउन सके मात्र देशको मुहार फेर्नका लागि राजनीतिमा लाग्न अनुरोध गरिन्।”

आफ्नो सिँगो जीवन नै समाजसेवा र जनताको पक्षको लागि समर्पित गर्ने उदेश्यले राजनीतिमा लागेकाले पार्टीले पनि न्याय गरेको उनको बुझाइ छ ।
खड्काले आफु गोरखा १ ख बाट प्रत्यक्ष चुनावको लागि बलियो उमेद्धार रहेको भन्दै निर्वाचन जित्नेमा कुनै सँका नरहेको दावी गर्छिन् । उनको राजनीतिक पहुँच पार्टिको केन्द्रीय नेतृत्व तहमा समेत रहेको छ । उनले बिश्वासिलो पात्रको छवि समेत बनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले