"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा

प्रकाशित मिति :  8 September, 2022 3:11 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो ।

महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ ।

महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

‘मापदण्ड अनुकूल रहेका तर, नक्सा पास नगरी बनेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

अन्यथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारवाही गरिने महानगरको चेतावनी छ ।

अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।

मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले