"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समितिको संशोधन प्रस्ताव तयार , महिला उम्मेदवार ३३ प्रतिशत हुनुपर्ने

प्रकाशित मिति :  12 September, 2022 1:45 pm


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार भएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ३३ प्रतिशत महिला उम्मेदवार हुनै पर्ने व्यवस्थासहित ऐन संशोधन भएको र स्वीकृत हुन बाँकी रहेको बताउका हुन् ।

‘हामी यही चुनावबाटै लागू होस् भन्ने चाहना राख्छौ । यहाँहरूले ५० प्रतिशत हुनुपर्छ भनिरहेको ३३ प्रतिशत किन ? भन्नुहोला,’ उनले अघि भने, ‘तर यहाँहरुले भटाभट उम्मेदवार तय गरेर मनोनयन गर्न पठाए हामी जति पनि मनोनयन दर्ता गरिदिन्छौ चुनाव लड्न पाउनुहुन्छ ।’

उनले प्रदेश सभामा कम्तिमा ३७ प्रतिशत महिला सहभागिता पुगोस् भन्ने आयोगको चाहना छ रहेको बताए ।

प्रमुख आयुक्त थपलियाले अब उम्मेदवारले खर्च गर्न पाउने रकम पनि निर्वाचन क्षेत्र अनुसार फरकफरक हुनसक्ने बताए । उनले अहिले खाका तयार गरिरहेको भन्दै छिट्टै स्वीकृत हुने जानकारी गराए ।

निर्वाचन क्षेत्र घुम्न लाग्ने समय,  निर्वाचन स्थल, केन्द्र र मतदाता संख्याको आधारमा खर्च गर्न पाउने रकम तय हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्