"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

प्रकाशित मिति :  25 September, 2022 4:58 pm


काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै यो मुद्दालाई अग्राधिकार दिन पनि आदेश भएको सर्वोच्च अदालतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्