"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोक सेवा आयोगको सुझाव : संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु

प्रकाशित मिति :  30 September, 2022 11:38 am


काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको आयोगले जनाएको छ । त्यसैले संघीय निजामती सेवा ऐन सरकारले अविलम्ब जारी गर्नुपर्ने सुझाव आयोगको छ ।

राष्ट्रपतिलाई बुझाइएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा लोक सेवाले लेखेको छ, ‘आयोगका यसअघिका प्रतिवेदन मार्फत् दिइएका विभिन्न सुझावहरुलाई गम्भीरतापूर्वक ग्रहण गरी संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सुझाव दिइएको छ ।’

आयोगले आफ्नो ६३ औ वार्षिक प्रतिवेदन आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको हो । उक्त प्रतिवेदनमा आयोगले सर्वोच्च अदालतबाट कर्मचारी समायोजनका सम्बन्धमा भएका आदेश बमोजिम आवश्यक व्यवस्था गर्न पनि सरकारलाई भनेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने सहित सार्वजनिक प्रशासन सुधारका लागि विभिन्न सुझाव प्रतिवेदनमा समेटिएको जानकारी दिए ।
मुलुक संघीय व्यवस्थामा गएको लामो समय बितिसक्दा पनि सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा कर्मचारी प्रशासन २०४७ सालमा बनेको पुरानै निजामती सेवा ऐन र नियमावलीअनुसार सञ्चालन भइरहेको छ । केन्द्र सरकारले संघीय निजामती सेवा ऐन बनाउन नसक्दा प्रदेशले प्रदेश निजामती सेवा ऐन र स्थानीय तहले स्थानीय सेवा ऐन पनि बनाउन सकेका छैनन् । जसका कारण तीन तहकै सरकारको कर्मचारी प्रशासनले संघीयताको मर्म अनुसार प्रभावकारी काम गर्न सकेका छैनन् ।

लोक सेवा आयोगको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले प्रतिवेदनमा समेटिएका सुझावलाई समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने बताएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद सुवेदीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्