"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहरी विकास मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

प्रकाशित मिति :  16 October, 2022 6:11 pm


काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणी चौधरीलाई स्पष्टीकरण सोधेको छ। आयोगले आइतबार उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले बाढीपीडितका नाममा चामल वितरण गरेको समाचार आएपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले उनीसँग निर्वाचन क्षेत्रका बाढीपीडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लंघन हुँदैन भनेर पुष्ट्याइ गर्ने आधार के छ भनेर पनि प्रश्न सोधेको छ। आचारसंहिताको दफा छ मा आयोगको पूर्व स्वीकृति लिएर त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ। त्यस व्यवस्था बमोजिम आयोगको कुनै पूर्वसहमति प्राप्त गरेको छ/छैन? भनेर पनि प्रश्न गरिएको छ।

यस्तै सहमति बेगर चामल वितरण गरिएको भए सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश भएको छ? भन्ने प्रष्ट पार्न पनि भनिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरणको काम गर्न सकेपनि किन मन्त्रीकै उपस्थितिमा वितरण गर्न जानुपर्ने बाध्यता थियो वा थिएन भन्ने पनि प्रश्न छ।

उनलाई आयोगले किन जरिवाना गर्नु नपर्ने भनेर अर्को प्रश्न गरेको छ। आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरूलाई पनि स्पष्टीकरण सोधेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ। सिंहदरबारबाट आज

सुदूरपश्चिम – भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको

काठमाडौं – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक)

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१