"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले २९ जना सहसचिवको सरुवा गर्ने निणर्य

प्रकाशित मिति :  9 February, 2022 5:18 pm


काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार साँझ विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेका हुन् । मन्त्रालयले केही दिन अघि सरुवा गरिएका दर्जन बढी सहसचिवहरुलाईसमेत यसै सरुवामा मिसाएर निर्णय गरेका छन् । यसअघि प्रशासन डटकमले प्रकाशन गरेको सुचीअनुसार केहीको फेरबदल भएको छ भने बाँकी यथावत् राखिएको छ ।

सहसचिव यज्ञ प्रसाद ढुङ्गेलको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश, नेत्र प्रसाद सुवेदीको राष्ट्रिय कितावखानाबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, प्रेमराज गिरीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।

यसै गरी अण प्रसाद न्यौपाने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्य अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, उद्धवप्रसाद रिजाल अतिरिक्त समूहबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ र ईश्वर कुमार गिरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नंं. १ विराटनगरमा सरुवा भएको छ ।

त्यस्तै अनुज भट्टचन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, नवीन राज सिंह जल तथा ऊर्जा आयोगबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश नं. १, माधव प्रसाद पोखरेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ बाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं. १, टेक बहादुर के.सी. लोक सेवा आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय पोखराबाट प्रदेश लोक सेवा आयोग पोखरा, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी, श्रीराम तिवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकीमा सरुवा गरिएको छ ।

जक्की अहमद अन्सारी खानेपानी मन्त्रालयबाट पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश, वैकुण्ठ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि मन्त्रालय लुम्बिनी प्रदेश, राम शरण सापकोटा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेश, रामहरि ज्ञवाली अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेश, जगदीश्वर कर्माचार्य वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेश, महेशचन्द्र न्यौपाने पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, बलराम निरौला अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय जनकपुर, नारायण सापकोटा अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै प्रेमलाल लामिछाने रक्षा मन्त्रालय वा अन्तर्गतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, यम प्रसाद भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कुमार प्रसाद दाहाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र डा. शान्ता कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

सरुवा भएका सहसचिवहरूको पत्र तयार हुँदै गर्दा केहीको फेरीपनि हेरफेर हुन सक्ने सम्भावना रहेको मन्त्रालय उच्च स्रोत बताउँछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ — गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ ।  मन्त्रालयको आइतबारको निर्णयानुसार सहसचिव

काठमाडौँ- अन्तरिम सरकारले खर्च कटौतीलाई प्राथमिकतामा राख्दै सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिव र उनीहरूलाई दिइँदै आएका सुविधा खारेज गरेको छ। आगामी

काठमाडौं – स्थानीय तह पुनर्संरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ। संघीय मामिला तथा