"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णाली लोक सेवा आयोगद्धारा ३७३ कर्मचारीकाे दरखास्त आह्वान

प्रकाशित मिति :  9 February, 2022 5:22 pm


सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो।

सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ। खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ।

योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

अप्राविधिकको प्रथमपत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न

काठमाडौँ — कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने स्याउलाई ब्रान्डिङ गरी सहज रुपमा राजधानीका उपभोक्तालाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा

काठमाडौँ-  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

काठमाडौँ – सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ। सरकारले