"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गोरखा २ बाट भारी मतान्तरसहित प्रचण्डको जीत

प्रकाशित मिति :  24 November, 2022 10:58 am


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट भारी मतान्तरसहित जीत निकालेका छन् । सो क्षेत्रमा खसेको कूल ५४ हजार ३१  मत मध्ये प्रचण्ड एक्लैले २६ हजार १०३ मत ल्याएर  विजयी भएका छन् । उनले कूल मतदानको तुलनामा ५१ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

प्रत्येक चुनावमा नयाँ निर्वाचन क्षेत्र रोज्ने क्रममा प्रचण्ड गोरखा २ गएका हुन् । यसअघि उनले चितवन ३ बाट प्रतिस्पर्धा गरी विजयी हाँसिल गरेका थिए ।

गोरखा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी दोस्रो भएका छन् । उनले १२ हजार ६३७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवारी दिएका अब्दुस सलाम मियाँले ७ हजार ३९३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा