"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा समानुपातिक मत : एमालेको अग्रता कायमै, कांग्रेसले पछ्याउदै

प्रकाशित मिति :  26 November, 2022 10:52 am


काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १८ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिबार बिहान १० बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १८ लाख ११ हजार ३९१ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४४ हजार १ सय ४८ मत प्राप्त गरेको छ । 

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४९ हजार ९ सय ९३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख २६ हजार ९ सय ५७ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८२ हजार ९ सय ७७, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ५४ हजार ३२, नेकपा (एकीकृत समाजवादी) ले एक लाख दुई सय ८८ र नागरिक उन्मुक्ति पार्टीले एक लाख ३६ हजार २ सय ६७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्