"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

प्रकाशित मिति :  10 February, 2022 4:33 pm


बुटवल (रासस) । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना प्रविधि प्रतिष्ठानको विज्ञ सदस्यमा कमलबहादुर श्रीस थापालाई नियुक्त गर्नुका साथै प्रतिष्ठानका अस्थायी दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृति दिने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्यालयका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार सङ्ग्रहालय विकास समिति गठन आदेश २०७८ स्वीकृत गर्ने र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७८ अनुसूची हेरफेर गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८ स्वीकृत गर्ने र प्रदेश खेलकूद विकास ऐन, २०७८ संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय समेत गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।  जल तथा मौसम विज्ञान

बुटवल – बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ ।सोमबार नगरसभाको