"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भैरहवाका नापी अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  29 August, 2025 5:42 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको हो । १४ करोड ८३ लाख रुपैंयाको सम्पत्ति जोडेका यादवले ९ करोड ३ लाख रुपैंया मात्रै कानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ । अख्तियारले उनीसहित उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधांशु यादव र शुभम् यादवविरुद्ध समेत मुद्दा दायर गरेको हो ।

२०५३ सालमा सरकारी जागिर सुरु गरेका उनले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार