"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एक सय ५५ सिटको परिणाम सार्वजनिक : कांग्रेसले ५३ र एमालेले ४१ क्षेत्रमा जित हासिल

प्रकाशित मिति :  27 November, 2022 11:18 am


काठमाडौँ। प्रतिनिधि सभा तर्फको १६५ क्षेत्रमध्ये १५५ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । गत आइतवारदेखि जारी प्रतिनिधि सभाको मतगणनामा आइतवार बिहान सम्म १५८ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। बाकि ७ क्षेत्रको मतगणना जारी छ ।तिन क्षेत्रको मत गणना सुचारु हुन सकेको छैन ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले ५२ सिट जित्दै ३ स्थानमा अझै अग्रता लिईरहेको छ । नेकपा एमालेले ४१ क्षेत्रमा जित हासिल गरेका छ भने २ क्षेत्रमा अग्रता लिईरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ जित सहित १ स्थानमा अग्रता छ । माओवादी केन्द्रले १७ जित निकालेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १० जित सिट जितेको छ । राप्रपाले ७ स्थानमा विजय भएको छ भने जसपाले ६, नागरिक उन्मुक्ति पार्टी ३, लोसपा ४ जित निकालेका छन्। अब ७ क्षेत्रको मत आउन बाकि छ ।
रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा रहेको छ । 

निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा प्रत्यक्ष तर्फको सबै नजिता आइ सक्ने जनाएको छ । यता बाँकी मत परिणाम तर्फ सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, इलाम १ बाट झलनाथ खनाल, सुनसरी ३ बाट विजय कुमार गच्छदारको नजिता आउन बाँकी रहेको छ ।

गणना बाँकी क्षेत्रमा चार स्थानमा काँग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ ।

दोलखा, स्याङ्जा र बाजुराको मतगणना विवाद भई गणना स्थगीत भएको छ । त्यी स्थानमा गणना सुचारु गर्न आयोगले परामर्श गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको