"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ज्येष्ठ सदस्यको रुपमा राणाले राष्ट्रपतिबाट लिए शपथ

प्रकाशित मिति :  21 December, 2022 4:52 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपतिशमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।

गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार पशुपति शमशेर राणाले शपथग्रहण गराउने छन् । त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी