"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ज्येष्ठ सदस्यको रुपमा राणाले राष्ट्रपतिबाट लिए शपथ

प्रकाशित मिति :  21 December, 2022 4:52 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपतिशमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष समेत रहेका ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।

गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार पशुपति शमशेर राणाले शपथग्रहण गराउने छन् । त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको