"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

प्रकाशित मिति :  2 January, 2023 12:59 pm


इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइतबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ। 

यस्तै डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै, मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ। 

मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ।  हाल भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने यथावत् नै रहने निगमले‍ जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार