"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

प्रकाशित मिति :  2 January, 2023 12:59 pm


इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइतबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको हो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ। 

यस्तै डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै, मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ। 

मूल्य बढेर आएसँगै निगमलाई एलपी ग्यासमा प्रति सिलिन्डर ३५९ रूपैयाँ ५० पैसा घाटा रहेको जनाएको छ। समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने समेत जनाएको छ।  हाल भारतबाट मूल्य बढेर आएता पनि नेपालमा भने यथावत् नै रहने निगमले‍ जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक