"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रेसुङ्गा विमानस्थलमा परीक्षण उडानमा

प्रकाशित मिति :  8 January, 2023 10:49 am


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । 

कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो । २०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया  अगाडि बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । 

डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ । आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौं –  सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न