"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विमानमा चालकदलसहित ५७ नेपाली र १५ विदेशी नागरिक थिए

प्रकाशित मिति :  15 January, 2023 2:38 pm


काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।

६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  

नागरिक उड्डयन प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अन्जु खतिवडा थिइन्। यस्तै जहाजमा सृजना होङचुन र ओसिन आलेमगर एयर होस्टेज थिइन्।

पोखराको सीताराम हाउजीङ नजिक सेती नदीको खोचमा जहाज ढलपल गर्दै खसेको थियो। अहिले दुर्घटनास्थलमा आगो निभाएर यात्रुको उद्धार भइरहेको छ। जहाजमा लागेको आगो नियन्त्रणमा लिएर उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर