"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विमानमा चालकदलसहित ५७ नेपाली र १५ विदेशी नागरिक थिए

प्रकाशित मिति :  15 January, 2023 2:38 pm


काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।

६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  

नागरिक उड्डयन प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अन्जु खतिवडा थिइन्। यस्तै जहाजमा सृजना होङचुन र ओसिन आलेमगर एयर होस्टेज थिइन्।

पोखराको सीताराम हाउजीङ नजिक सेती नदीको खोचमा जहाज ढलपल गर्दै खसेको थियो। अहिले दुर्घटनास्थलमा आगो निभाएर यात्रुको उद्धार भइरहेको छ। जहाजमा लागेको आगो नियन्त्रणमा लिएर उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द