"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विमान दुर्घटना : पहिचान भएका ६८ जनाको पोस्टमार्टम तयारी, ४ जना अझै बेपत्ता

प्रकाशित मिति :  16 January, 2023 11:58 am


कास्की । पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए । 

जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको उनले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जनाएको छ ।

जीवन बीमा दाबीका लागि सतर्कता अपनाउनु पर्ने यस अघि एयर बङ्गलाको घटनाले पाठ सिकाएको थियो । सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेको छ ।  

आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ । अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर