"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

प्रकाशित मिति :  17 January, 2023 12:58 pm


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । सभामुख चयनका लागि तेस्रोपटक मंगलबार भएको निर्वाचनमा सत्तागठबन्धनबाट माओवादीका उम्मेदवार भण्डारी २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनको विपक्षमा २३ मत पर्‍यो । 

नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार मानबहादुर रावलले २० मत पाए । रावलको विपक्षमा २८ मत परेको थियो । रावललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा सत्ता पक्षका एक र प्रतिपक्षका तीन गरी चार प्रदेश सभा सदस्य अनुपस्थित थिए । भण्डारीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा भने प्रदेश सभाका सबै सदस्यको उपस्थिति थियो ।

५३ सदस्यीय प्रदेश सभामा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक थियो । यसअघि भएका दुईवटा निर्वाचनमा सभामुख चयन हुन सकेको थिएन । गत २८ पुसमा भएको निर्वाचनमा भण्डारीलाई बहुमतका लागि एक मत कम परेको थियो । भण्डारीले २६ र रावलले २४ मत पाएका थिए । त्यस दिन सत्ता पक्षका दुईजना अनुपस्थित रहे पनि सत्ता पक्षकै एक मत बदर भएको थियो ।

सत्ता पक्षलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी दोस्रोपटक ३० पुसमा भएको निर्वाचनमा भने तटस्थ बसेको थियो । उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सोमबार धनगढी आएर आफ्ना सांसदलाई सत्ता पक्षका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएकी थिइन् । सभामुखमा निर्वाचित भण्डारी बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले