"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

प्रकाशित मिति :  17 January, 2023 5:55 pm


हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनलाई प्रदेश सभाका एक सय पाँच सांसदले विश्वासको मत दिएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेल सरकारबाहिर रहेको कांग्रेससहित अन्य ६ दलको विश्वास जुटाउन सफल भएका छन् । एक सय १० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री हुन ५६ सांसदको समर्थन आवश्यक पर्छ ।

मंगलबारको बैठकमा प्रदेश सभाका एक सय नाै सदस्य उपस्थित थिए । प्रदेश सभाका सभामुख र उपसभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावमा भाग नलिँदा एक सांसद अनुपस्थित थिए ।

मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवन पाठकले मुख्यमन्त्रीको विश्वासको प्रस्तावको पक्षमा एक सय पाँच र विपक्षमा तीन मत खसेको सदनलाई जानकारी गराएका थिए । प्रदेश सभामा तीन सांसद रहेको नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको थियो । बागमती प्रदेश सभामा नेमकिपा मात्र प्रतिपक्षी दलको रूपमा रहेको छ ।

प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन् । प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले