"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

प्रकाशित मिति :  21 January, 2023 8:28 pm


काठमाडौं । इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्।  शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो।

उनले  १६६ मत प्राप्त गरेकी हुन्। उनी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुन्। २६४ जना सांसद उपस्थित थिए। जसमध्ये ९७ जना सांसदले उनको विपक्षमा मत दिएका थिए।  एक सांसदले भने मत दिएनन्।  

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन्।

यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी