"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

प्रकाशित मिति :  21 January, 2023 8:28 pm


काठमाडौं । इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्।  शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो।

उनले  १६६ मत प्राप्त गरेकी हुन्। उनी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुन्। २६४ जना सांसद उपस्थित थिए। जसमध्ये ९७ जना सांसदले उनको विपक्षमा मत दिएका थिए।  एक सांसदले भने मत दिएनन्।  

रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन्।

यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल