"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार सहित सचिवालयमा को को भए नियुक्त ?

प्रकाशित मिति :  23 January, 2023 7:28 pm


काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको र नियुक्ति दिएको गजुरेलले बताए । ‘मैले पार्टीमा जिम्मेवारी दिनुस भनेर आग्रह गरेको थिए तर मसँगै बसेर काम गर्नुपर्छ भनेर प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारी दिनुभयो,’ गजुरेलले भने ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनले टिकट पाएका थिएनन् । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका उनी २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य भएका थिए । २०७० मा माओवादीको कोषाध्यक्ष बनेका उनी २०७५ मा स्थायी समिति सदस्य थिए । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली-३ बाट निर्वाचित भएका थिए । २०७२ मा उनी कृषिमन्त्री भएका थिए ।

प्रधानमन्त्री दाहालले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसकेका छन् । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गरेका थिए भने स्वकीय सहसचिवका रुपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गरिएको थियो । शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको फोटो पत्रकारमा भने राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।