"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किसानलाई पेन्सन दिने गाउँपालिका

प्रकाशित मिति :  24 January, 2022 1:39 pm



दाङ, माघ १० । बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ।

यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।

उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ। पेशाबाट अलग भएमा पेन्सन रकम नदिइने पनि गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्।

वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साई, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारु, १० कठ्ठमा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन्।

गाउँपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताए।

साथै २७ भैसी पाल्दै आएका वडा नम्बर ५ का हरिशंकर मुराउ, ६९ गाई र ५० बाख्रा पालेका वडा नम्बर ४ का छोटेलाल राढले, दुई गाई, २१ भैसी पालेका वडा नम्बर ५ का रामसुमत यादव, दुई हजार कुखुरा पाल्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, पाँच गाई र ४९ भैंसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव, वडा नम्बर २ का जहाँ इफरान अहमदले पनि पेन्सन पाएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ। उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्।
सेतोपाटीवाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय