"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति :  25 January, 2023 11:10 am


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ। नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।

उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

‘उपचारका क्रममा आज बिहान ६ बजे उहाँको मृत्यु भएको हो,’ प्रहरी स्रोतले भन्यो। आइसियुमा राखेर उनको उपचार गरिएको थियो। 

उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की मंगलबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन्। उनले आचार्यलाई भेटेर स्वास्थ्य अवस्था बुझेकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द