"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आवश्यक कानुन निर्माण गर्न संसद् तयार : सभामुख घिमिरे

प्रकाशित मिति :  25 January, 2023 11:28 am


काठमाडौँ । सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो । 

जिल्ला समन्वय समिति महासङ्घ नेपालको २८औँ स्थापना दिवसको अवसरमा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सङ्घ र प्रदेश सभाले जिससलाई आवश्यक पर्ने कानुन निर्माण गरेर सहयोग गर्न प्रतिनिधि सभा सधैँ तयार रहेको बताउनुभयो । सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न तीनै तहको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उहाँले कानुनको अभावमा कुनै पनि निकायले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित हुन नहुने उल्लेख गर्नुभयो । 

सबै जिससलाई एकजुट गराउने काममा जिसस महासङ्घको भूमिका प्रभावकारी रहेको चर्चा गर्दै सभामुख घिमिरेले महासङ्घलाई जनशक्ति र आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा महासङ्घको गत पुसमा सम्पन्न चौथो राष्ट्रिय परिषद्बाट नवनिर्वाचित ३५ सदस्यीय नयाँ कार्यसमितिलाई शपथग्रहण गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद