युवाले गरेको आत्मदाह दोहोरिन नदिने कि सत्ताको अंकगणितमै अल्झिरहने ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले बुधबार बिहान फेसबुकमा एक टिप्पणी गर्दै उनले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन् । ‘प्रेमप्रसाद आचार्यले संघीय संसद भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ’ उनले लेखेका छन् ।
उनले अगाडि प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने ?’














