"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपप्रधानमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

प्रकाशित मिति :  25 January, 2023 6:26 pm


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएकाले सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो ।

आज रिट निवेदनकर्ताको पक्षका कानुन व्यवसायीहरूले बहस गरेका छन् । रिटको विपक्षमा (रविको कानुन व्यवसायीहरू) बहस सुरु भए पनि सकिएन । अब लामिछानेको नागरिकता विवादमा शुक्रबार सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।

शुक्रबार लामिछानेका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस हुनेछ । मुद्दाका दुवै पक्षले बहस नोट बुझाइसकेका छन् ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी