"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपप्रधानमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

प्रकाशित मिति :  25 January, 2023 6:26 pm


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएकाले सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो ।

आज रिट निवेदनकर्ताको पक्षका कानुन व्यवसायीहरूले बहस गरेका छन् । रिटको विपक्षमा (रविको कानुन व्यवसायीहरू) बहस सुरु भए पनि सकिएन । अब लामिछानेको नागरिकता विवादमा शुक्रबार सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।

शुक्रबार लामिछानेका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस हुनेछ । मुद्दाका दुवै पक्षले बहस नोट बुझाइसकेका छन् ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा