"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित

प्रकाशित मिति :  26 January, 2023 3:10 pm


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए। माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। 

पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। कांग्रेसले के कारणले केन्द्रीय समिति बैठक स्थगित गरेको हो खुलाएको छैन।

गत मंसिरमा भएको चुनावपछि चुनावी समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको थियो। गठबन्धन जोगाउन नसकेको आरोप सभापति शेरबहादुर देउवामाथि छ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्ता महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन। केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन्।

कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ। पार्टीलाई एकताबद्ध बनाएर लैजाने तयारीमा सभापति देउवा छन्। केन्द्रीय समिति बैठक अहिले बस्दा आरोप प्रत्यारोप हुन सक्ने भन्दै केन्द्रीय समिति बैठक पटक पटक स्थगित गरिएको आरोपसमेत लाग्ने गरेको छ।

कांग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो। त्यसअघि कांग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी